कर बढ्ने आशंकामा विद्युतीय सवारीसाधनको आयात

जेष्ठ ७, २०८२ |सुमन पन्थ
कर बढ्ने आशंकामा विद्युतीय सवारीसाधनको आयात

काठमाडौं । सरकारले बजेटमार्फत् भन्सार कर बढाउने आशंकामा व्यवसायीहरुले विद्युतीय सवारीसाधनको आयात बढाएका छन । 

भन्सार प्रक्रिया पूरा गरिएका १ हजारभन्दा बढी गाडी अहिले चोभार सुख्खा बन्दरगाहमा राखिएका छन् । व्यवसायीहरूले भने उपभोक्ताको मागअनुसार गाडी भित्र्याइएको दाबी गरेका छन ।

काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह अहिले आयातित विद्युतीय गाडीले भरिभराउ छ । भन्सार विभागका अनुसार गत वर्षको वैशाखमा १४ सय २२ वटा विद्युतीय गाडी भित्रिएकोमा यस वर्ष २ हजार गाडी भित्रिएका छन । 

विद्युतीय सवारी साधनमा लाग्दै आएको भन्सार कर बढ्न सक्ने भन्दै व्यवसायीले आयात बढाएका हुन् । चोभारको सुख्खा बन्दरगाहमा १ हजार ५० गाडी भन्सार प्रकृया पुरा गरेर बसेका छन ।

चालु आर्थिक वर्षको १० महिनामा करिब १० हजार विद्युतीय सवारी साधन भित्रिएको भन्सार विभागका अधिकारीहरुको भनाइ छ । ५१ देखि एक सय किलोवाटसम्मका सवारी बढी भित्रिएका छन । यता व्यवसायीहरूको भने उपभोक्ताको माग अनुसार गाडी भित्राइएको तर्क गरेका छन ।

अहिले सरकारले शून्यदेखि ५० किलोवाटसम्मका सवारी खरिद गर्दा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लिादै आएको छ । त्यस्तै ५१ देखि १०० किलोवाटसम्म २० प्रतिशत भन्सार शुल्क र १५ प्रतिशत अन्तशुल्क लिदै आएको छ । 

विद्युतीय सवारीको माग बढिरहेका बेला आउँदो बजेटमा भन्सार महसुल बढाउने आशंकाका बीचमा व्यवसायीले आयात बढाएका हुन् । व्यवसायीहरूले एलसी खोल्नुपूर्व र खरिद गर्नुपूर्व वाणिज्य विभागमा निश्चित एमआरपी तोकेर गाडी विक्री गर्ने प्रतिबद्धता जनाउने गरेकाले यसतर्फ नियमनको खाँचो देखिएको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।