काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धि पत्रको व्यहोरा जानकारी गराउनुहुनेछ ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन)विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुनेछ ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।