यार्सागुम्बा खोज्न वन क्षेत्र खुला

जेष्ठ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
यार्सागुम्बा खोज्न वन क्षेत्र खुला

काठमाडौं । बहुमूल्य हिमाली जडिबुटी यार्सागुम्बा टिप्ने सिजन सुरु भएको छ ।

कर्णाली अञ्चलको डोल्पा, हुम्ला, जुम्ला र मुगु लगायतका जिल्लाका बासिन्दाहरू यार्सा टिप्न लेकतिर हिड्ने क्रम सुरु भएको हो ।

डोल्पाको काइके गाउँपालिकामा पनि यार्सा टिप्न वन क्षेत्र खुला गर्ने निर्णय भएको छ । नावरपानी सामुदायिक वन उपभोक्ता समूहले जेठ १० गतेदेखि यार्सागुम्बा टिप्न वन क्षेत्र खुला गर्ने निर्णय गरेको समूहका अध्यक्ष सुरेश बुढाले कान्तिपुर समाचारलाई जानकारी दिनुभयो ।

सिजन सुरु भएपछि स्थानीहरू बन्दोबस्तीका सामानसहित यार्सागुम्बा टिप्न लेकतिर जाने गर्छन् । डोल्पाका अन्य क्षेत्रमा पनि यार्सा खोज्न लेकतर्फ जानेक्रम सुरु भैसकेको पनि अध्यक्ष बुढाले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.