विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउनुपर्छः सांसद साउद

जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउनुपर्छः सांसद साउद

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले हरेक वर्ष बजेट आउने गरेको र यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा रहेको बताउनुभयो । 

उहाँले नेपालमा असन्तुलित विकास र प्रभावशालीहरूले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको भन्दै शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहीनहरूको हितको अन्तरविरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

सांसद साउदले विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेश प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरूले देखाएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.