काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले मझौला उद्योग व्यवसायीहरूको ब्याज र हर्जाना छुट गरिदन सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले आगामी आर्थिक वर्षको बजेटमा सरकारसँग उनीहरूको ब्याज र हर्जाना छुट गरिदिन माग गर्नुभएको हो ।
उहाँले देशभरमा रहेका मझौला उद्योगहरू अहिले धेरै मारमा रहेको र सरकारले मिटरब्याज भन्दा पनि बढी हर्जाना तिराएको बताउनुभयो । हर्जाना र ब्याज तिर्न नसक्दा अहिलेसम्म १७ जना मझौला उद्योग व्यवसायीहरूले आत्महत्या गरेको उहाँकाे भनाइ छ ।
सांसद तिमल्सेनाले सरकारले हर्जाना र व्याज छुट गर्नसके धेरै राजश्व उठ्ने पनि बताउनुभयो ।