दिवंगत पत्रकार सुरेश रजकका परिवारद्वारा मानवअधिकार आयोगमा उजुरी

जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
दिवंगत पत्रकार सुरेश रजकका परिवारद्वारा मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । पत्रकार सुरेश रजकको मृत्यु प्रकरणको छानबिनका लागि कतैबाट चासो नदेखाइएको भन्दै मृतक रजकका परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा जलेर मृत्यु भएको घटनामा हालसम्म सरकारबाट कुनै ठोस कदम नचालेको भन्दै परिवारले मानवअधिकार आयोग पुगेर औपचारिक उजुरी दर्ता गराएको हो । 

चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शनको समाचार छायांकनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्‍यु भएको थियो । उक्त घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका नेताहरूले रजकको परिवारलाई भेटेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.