माओवादी सांसदको प्रश्नः झ्याप्प-झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?

जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादी सांसदको प्रश्नः झ्याप्प-झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले झ्याप्प-झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले अहिले झ्याप्प-झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

झ्याप्प-झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उहाँको टिप्पणी छ । उहाँले पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिक रूष्ट रहेकाे बताउनुभयाे । जसकारण पनि सरकारको बिरोध भइरहेको उहाँकाे भनाइ छ ।

सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.