बाढीले बगायाे हेवा खोलामा बनाइएको डाइभर्सन, तमोर करिडोरको पाँचथर-ताप्लेजुङ सडक खण्डअवरूद्ध

जेष्ठ २, २०८२ |लक्ष्मी गौतम
बाढीले बगायाे हेवा खोलामा बनाइएको डाइभर्सन, तमोर करिडोरको पाँचथर-ताप्लेजुङ सडक खण्डअवरूद्ध

काठमाडौं । तमोर करिडोर अन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवा खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । आज विहान आएको बाढीले डाइभर्सनका लागि लगाइएका हृयुम पाइप बगाएसँगै तमोर करिडोरको पाँचथर-ताप्लेजुङ सडक खण्डअवरुद्ध भएको छ ।

पाँचथर-ताप्लेजुङ सडक खण्ड भएर यात्रुबाहकसँगै ठुला मालबाहक साधन आउजाउ गर्थे । आज बिहान वर्षासँगै आएको बाढीले यहाँका हृयुम पाइप बगाएको स्थानीयले जनाएका छन । 

हृयुम पाइप बगेसँगै तमोर करिडोर हुँदै पाँचथरको भालुचोक,सिंहापुर र थर्पु सँगै ताप्लेजुङका विभिन्न स्थानमा हिडेका साधन मध्य पहाडी राजमार्ग हुँदै जोरसाल आएर मेची राजमार्गको बाटो समात्दै गन्तव्यतर्फ जान थालेका छन् ।

भालुचोकदेखि सुभाङ खोला हुँदै हेवा खोला आइपुगका यात्रुवाहक र माल वाहक साधन पनि पुनः अमरपुर फर्किएर मेची राजमार्ग हुँदै धरान, इलाम र झापातर्फ लागेका छन ।

यहाँ लगाएको बेलिबि्रज पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सन पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि पुन: हृयुम पाइप राखेर पानी कटाउँदै यातायात सञ्चालन गराइएको थियो ।

यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्मेवारी तमोर करिडोर आयोजनाको हो ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।