काठमाडौं । टेरामक्स उपकरण खरिद प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधि सभामा निलम्बन हुने सांसदको संख्या तीन पुगेको छ । एक जना सांसद् भने फरार छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक-२ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद स्वतः निलम्बित भएको हो । यसअघि नेकपा एमालेका सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर भएपछि दुई वर्षदेखि सांसद पद निलम्बनमा छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पनि सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा हुनुहुन्छ । सहकारी ठगी आरोप लागेकी राप्रपाकी सांसद गीता बस्नेत भने फरार हुनुहुन्छ ।