काठमाडौं । आरक्ष तथा निकुन्जका हात्तीको रेखदेखमा खटिने माउतेहरूको जीवनको अधिकांश समय हात्तीसँग जंगलमै बित्छ । भिमकाय शरिर भएको हात्तीलाई नियन्त्रणमा राखेर जागलमा जीवन बिताउने माउतेहरूको पेशा जति जोखिमयुक्त छ, जागिर पछिको उनीहरूको जीवन त्योभन्दा पनि बढी दर्दनाक छ ।
पर्सा राष्टिय निकुञ्जको सौराहा खोडसरस्थित यो हात्ती प्रजनन तथा तालिम केन्द्र हो । यहाा हरेक दिन बिहानै जागलबाट हरियो घाास ल्याउने त्यसमा कालो सख्खर र धान हालेर हात्तीले असाध्यै मन पराउने मिठो भोजन एलिफेण्ट मम बनाइन्छ ।
हात्तीको खाना बनाउन केही कर्मचारीहरू खटिने गर्छन । उनीहरुको दैनिकी नै हात्तीको स्याहारसुसारमा बित्ने गर्छ । चितवन बदरेनीका रत्ती महत्तो जसले जीवनको थुप्रै बर्ष खोडसरस्थित हात्ती प्रजनन तथा तालीम केन्द्रमा बिताउनुभयो ।
२०५९ सालमा श्रेणीबिहिन पछुवा पदमा करार सेवामा प्रवेश गर्नुभएको थियो महत्तो । जसले हात्तीलाई नियन्त्रणमा राखी निकुञ्जकोसेवामा खटिदैँ जोखिमयुक्त जीवन बिताउन थालेको ठ्याक्कै २२ वर्ष पुग्यो । तर अहिले पनि श्रेणीबिहिन पछुवा पदमा नै करार सेवामा रहनु पर्दाको पीडाले महत्तोलाई सताउने गरेको छ ।
रति महतोसँगै जागिरका सुरूवाती दिनहरूको थालनी गर्नुभएको थियो बारा फत्तेपुरका गोपाल चौधरीले पनि । उहााको कथा पनि उस्तै छ । जागिर प्रवेश गर्दा बलियाबांगा गोपाल हात्तीका लागि घाास काटन रुखमा चढेको बेला लडेर शारिरिक रूपमा अशक्त हुन पुग्नुभयो ।
ढाडको समस्याले पीरोलिदै आउनु भएका चौधरीलाई पनि यतिबेला भविष्यकै चिन्ताले सताउँदै आएको छ । जीवन र जवानी हात्तीसँग बिताएका चौधरी अवकाशपछि रित्तै घर जानुपर्ने अवस्थाले चिन्तीत हुनुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा जम्मा ५६ वटा हात्तीहरू छन । ति मध्ये ३१ वटा भाले र २५ वटा पोथी हात्ती छन । हात्ती प्रजनन केन्द्रमा भने ९ वटा माउ हात्तीहरू छन भने यिनले जन्माएका बच्चाहरू १० वटा छन ।
सरदर २२ देखि २४ महिनामा बच्चा जन्माउने माउहरू नेपालका लागि आवश्यक हात्तीको प्रजनन र तालिम गराउने मुख्य माध्यम हो । प्रजनन केन्द्रमा राखिएका माउ हात्तीहरूलाई जागली हात्तीसाग सम्पर्क गराई गर्भवत्ती बनाएर जन्मेका बच्चाहरूलाई तालिम प्रदान गर्नु यो केन्द्रको मुख्य उद्देश्य हो ।
याहा जन्मेर तालिम प्राप्त हात्तीहरूबाट पर्यटकलाई हात्ती सफारी गराउनेदेखि निकुञ्जको विविध काममा लगाउनुका साथै आवश्यकता अनुसार नेपालका विभिन्न आरक्ष तथा निकुञ्जमा पठाउने गरिन्छ ।
एउटा हात्तीमाथि एक एक जनाको दरले माउते, पछुवा र फनैत गरी कुल तीन जनाको दरबन्दी हुन्छ । ५० वटा हात्तीको दरबन्दी भएको चितवन राष्ट्रिय निकुञ्जमा ५० माउते, ५० पछुवा र ५० फनैत छन । २०५९ सालदेखि सरकारले ति पदहरूमा स्थायी दरबन्दी खुल्ला नगर्दा सबै करारमै छन ।
नेपालभरीका आरक्ष तथा निकुञ्जमा कार्यरत माउते, पछुवा र फनैतको समस्या उस्तै छ । आफ्नो कलाकौशल र क्षमताको प्रयोग गर्दै भिमकाय हात्तीलाई आफ्नो नियन्त्रणमा राखेर अन्य वन्यजन्तुहरूको सारक्षण र व्यवस्थापनसागै निकुन्जभित्र परिआएको सम्पूर्ण कामकाजमा यी दर्जाका कर्मचारीले हात्तीको उपयोग गर्छन ।
तर हात्तीसँग जागलमा काम गर्दा कहिलेकाँही बाघ जस्ता जागली जनावरको आक्रमणमा पर्ने र कहिलेकाँही आफ्नै हात्ती पनि नियन्त्रण बाहिर जाँदा आगभाग पार्नुका साथै ज्यान समेत लिने गरेको छ ।