
दोलखा (कास) । कान्तिपुरका दोलखा संवाददाता केदार शिवाकोटीलाई ‘सोक्ला रक क्लाइम्बिङ मिडिया अवार्ड २०८२’ बाट सम्मान गरिएको छ ।
शनिबारबाट भीमेश्वर नगरपालिका-२ सोक्ला भ्यालीमा सुरू भएको सोक्ला रक क्याइम्बिङको अवसर पारेर शिवाकोटीलाई मिडिया अवार्ड प्रदान गरिएको हो ।
सोक्लाको ४ सय २० मिटर उचाईको रक क्याइम्बिङ गन्तव्यको प्रचारप्रसार र प्रवद्धनमा योगदान पुर्याएको भन्दै सोक्लाश्वरी पर्यटन विकास समितीले मिडिया अवार्डसहित नगदबाट सम्मान गरेको हो ।
दोलखा ‘ख’ बागमती प्रदेशका सांसद भरतबहादुर केसीले महोत्सवको अवसरमा प्रदान गर्नुभयाे । यस्तै रक क्याइम्बिङ गन्तव्यलाई सहयोग पुर्याएको भन्दै कोच नेपालका संयोजक सिमान खत्रीलाई सम्मान गरिएको थियो ।
रक क्लाइम्बिङ महोत्सवको अवसर पारे विभिन्न संस्था र व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिएको थियो । शनिबारबाट सुरू भएको महोत्सव आइतबार समापन हुने समितीका अध्यक्ष अर्जुन तामाङले बताउनुभयाे ।
विगत ५ वर्षदेखि सोक्लामा रक क्याइम्बिङ आयोजना हुँदै आएको छ । यो वर्षबाट सोक्लामा रक क्याइम्बिङ प्रतियोगितासमेत संचालन गरिएको उहाँले बताउनुभयाे । हाल सोक्लामा ४ सय२० मिटर अग्लो पहाडमा ६० मिटरको २ वटा बाटो बनाइसकेको उहाँले बताउनुभयाे ।
महोत्सवमा स्थानीय कला संसकृती झल्कने भेषभुषसहित झाँकीसमेत प्रदर्शन गरिएको थियो ।