गण्डकी सभ्यता जाेगाउन जनप्रतिनिधिहरू एकजुट

वैशाख २०, २०८२ |माधव अर्याल
गण्डकी सभ्यता जाेगाउन जनप्रतिनिधिहरू एकजुट

पाल्पा । गण्डकी सभ्यता बचाउन कालीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने पाल्पा, स्याङ्जा, तनहुँ र पूर्वी नवलपरासीका जनप्रतिनिधि एकजुट भएका छन । 

१० स्थानीय तहका जनप्रतिनिधि पाल्पाको रम्भा गाउँपालिका उत्तरवाहिनीमा भेला भई सरकारले कालीगण्डकी डाइभर्सन परियोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, उपल्लो कालीगण्डकी आयोजनाजस्ता परियोजना अघि बढाउँदा तल्लो तटीय क्षेत्रमा जलसंकट निम्तिने र सम्पदा क्षेत्रको विनाश हुने निष्कर्ष निकालेका हुन् ।

सरकारले अघि सारेका विकास परियोजनाले कालीगण्डकी नदीलाई आफ्नै जीवन्त प्राकृतिक प्रवाहबाट विमुख पार्ने र यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्त्व नष्ट पार्ने जोखिम बढेको स्थानीय तहका जनप्रतिनिधिको निष्कर्ष छ । 

कालीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने पाल्पा, स्याङजा, तनहुँ र पूर्वी नवलपरासीका १० वटै पालिकाका जनप्रतिनिधिले निकट भविष्यमा जलसंकट, जैविक विविधता ह्रास र भौगोलिक परिवर्तन निम्तिने खतरा देखेका छन । 

कालीगण्डकी नदीमाथि विकासका नाममा खेलवाड भइरहेको उनीहरूको निष्कर्ष छ । कालीगण्डकी नदीको माथिल्लो क्षेत्रका साथै राम्दीदेखि देवघाटसम्म बसोबास गर्नेहरुको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई नष्ट गर्ने जोखिम बढी रहेको उनीहरूको निष्कर्ष छ । चार जिल्लाका १० स्थानीय तह, सरकारले अघि सारेका परियोजनाको विपक्षमा उभिएका छन ।

कालीगण्डकीको तटीय क्षेत्रमा विभिन्न धाम, घाट र तीर्थस्थल छन । हिन्दुहरूको पवित्र चार धाममध्ये दुई धाम रिडी र मुक्तिनाथ यही नदी किनारमा पर्छ । नदीको पर्यावरण, धार्मिक अस्तित्व, पर्यटन विकास, सभ्यता जोगाउनुपर्नेमा उनीहरूको जोड छ ।

पाल्पाको रम्भा गाउापालिका-३, पीपलडााडाको निकीचौरमा कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बााध बााधेर २७ किलोमिटर सुरूङमार्फत् पाल्पाकै तिनाउ गाउँपालिकाको दोभानमा पानी खसाल्ने संघीय सरकारको योजना छ । 

पाल्पाको राम्दी क्षेत्रमा गरिने कालिगण्डकी डाइभर्सनका लागि मात्र सरकारले १८ अर्ब ४८ करोड र हाइड्रोपावरमा २१ अर्ब ६२ करोड लाग्ने प्रारम्भिक अनुमानसहित विस्तृत परियोजना प्रतिवेदन तयारीको काम अघि बढाएको छ । तर तल्लो तटीय क्षेत्रका बासिन्दाले यसको विरोध गर्दै आएका छन ।

कालीगण्डकी करिडोरले चीन र भारतलाई जोडेको छ । कालीगण्डकी नदी मुस्ताङ्को लोमान्थाङ, जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा, फलेबास, सेतीबेनी, स्याङ्जाको मिर्मी, गुल्मीको रुवेनी, रिडी, पाल्पा र स्याङ्जाको सीमा राम्दी, केलादी, तनहुा र पूर्वी नवलपरासीको घुमाउरे हुादै देवघाट पुगेर त्रिशुलीमा मिसिन्छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।