नवलपरासी दुम्कीबासको डाइभर्सनमा बाढीले क्षति, सवारी आवागमनमा समस्या

वैशाख १९, २०८२ |नवीन पौडेल
नवलपरासी दुम्कीबासको डाइभर्सनमा बाढीले क्षति, सवारी आवागमनमा समस्या

नवपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासको विनय खोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि यातायात प्रभावित भएको छ ।

डाइभर्सन माथिसम्म बाढी आएपछि यात्रुबाहक र साना सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको र मालबाहक सवारीलाई रोकिएको प्रहरीले जनाएको छ । 

यात्रुवाहक तथा साना हलुका सवारीसाधनलाई होङ्सी गेट हुँदै गन्तव्यतर्फ पठाइएको छ । मालबहाक ठूला सवारीसाधनहरूलाई होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयलका प्रहरी निरीक्षक जनक बन्जराले बताउनुभयो । 

डाइभर्सन मर्मतको काम भइरहेको छ । पुष २६ गते अत्याधिक भार भएको सवारीले ठक्कर दिँदा विनय खोलाको पुलमा क्षति पुगेपछि डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।