वर्षाले सडक भासिएपछि चीन जोड्ने कोदारी राजमार्ग अवरुद्ध

बाटो खुलाउने प्रयास जारी
वैशाख १८, २०८२ |कमला पाख्रिन
वर्षाले सडक भासिएपछि चीन जोड्ने कोदारी राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा चीन जोड्ने कोदारी राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षापछि भोटेकोशी गाँउपालिका-२ कोप्लाङस्थित १५ फिट बाटो तीन फिट तल भासिएको कारण राजमार्ग अवरोध भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी सहायक निरिक्षक नेत्र बहादुर काफ्लेले जानकारी दिनुभयाे ।

हिजो साँझा ६ बजेदेखि सडक अवरूद्ध हुँदा तातोपानी भन्सारबाट चीनमा सामान लिन हिडेका कन्टेरनहरू तातोपानीको १० किलोमा र चीनबाट सामान दिएर आएका कन्टेर सिमाक्षेत्रमै रोकिएका छन ।

प्रहरीकाअनुसार भास्किएको सडकमा अन्य ठाँउको माटो हालेर बाटो खुलाउने प्रयास जारी छ । तर निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन कठिन भइरहेको प्रहरीले जनाएको छ । 


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।