आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु

वैशाख १५, २०८२ |दशरथ राई
आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीच शिक्षा मन्त्रालयमा अहिले वार्ता सुरु भएको छ । २७ दिनदेखि शैक्षिक हडताल गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरुले शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् । 

यद्यपि, सरकारले तत्काल पूरा गर्न सकिने मागलाई सम्बोधन गरेर शिक्षकहरुसँग सहमति जुटाउने प्रयास गरिरहेको छ । 

शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुका प्रतिनिधहरुसँगको वार्ता सुरु भएको र सहमतिमा पुग्नेगरी छलफल हुने विश्वास रहेको बताउनु भएको छ । 


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।