दुई सातामै देशभरि १ सय ५० भन्दा बढी आन्दोलन र प्रदर्शन, प्रहरीलाई शान्ति कायम गर्नै हम्मे

वैशाख १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुई सातामै देशभरि १ सय ५० भन्दा बढी आन्दोलन र प्रदर्शन, प्रहरीलाई शान्ति कायम गर्नै हम्मे

काठमाडौं । पेशागत र समूहगत अधिकारको माग गर्दै विभिन्न संघ-संगठन र समूहहरु लगातार सडकमा उत्रेका छन् । देशका विभिन्न स्थानमा दिनहुँजसो आन्दोलन र प्रदर्शन हुँदा प्रहरीको नियमित शान्ति सुरक्षाको कामसमेत प्रभावित हुन थालेको छ ।

प्रहरीको केन्द्रीय तथ्यांक अनुसार वैशाख महिनाको दुई सातामै १ सय ५० भन्दा बढी आन्दोलन र प्रदर्शन भएका छन् । तीमध्ये अधिकांश काठमाडौं उपत्यकामा छन् । यी प्रदर्शनको व्यवस्थापनमा प्रहरीको जनशक्ति केन्द्रित हुनुपर्दा नियमित शान्ति सुरक्षाको काम नै प्रभावित भएको हो ।

वैशाखको १३ दिनमा काठमाडौंमा २८ प्रदर्शन तथा आन्दोलनहरु भएको प्रहरी तथ्यांक छ । काठमाडौंमा शिक्षक र चिकित्सकहरुको दैनिक प्रदर्शन चलिरहेको छ भने कोशी प्रदेश र मधेश प्रदेशमा विभिन्न माग राख्दै धर्ना र जुलुस भइरहेका छन् । 

बागमती प्रदेशमा १ सय ६३ तालाबन्दी तथा कर्णालीमा १३ धर्ना भएको प्रहरीले जनाएको छ । दैनिक भइरहेका आन्दोलन र प्रदर्शनमै केन्द्रित हुनुपर्दा अन्य नियमित काममा पनि असर परेको प्रहरीको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.