अवैध रकमलाई वैध बनाउन डिजिटल वालेटको दुरुपयोग : १७ अर्ब ८६ करोडको कारोवार, २१ जना पक्राउ

वैशाख १५, २०८२ |रमेश धमला
अवैध रकमलाई वैध बनाउन डिजिटल वालेटको दुरुपयोग : १७ अर्ब ८६ करोडको कारोवार, २१ जना पक्राउ

काठमाडौं । अवैध कारोवारबाट आर्जित रकमलाई वैध बनाउन डिजिटल वालेटको दुरुपयोग गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सुन, कर छली, भन्सार चोरी पैठारी लगायत अवैध करोबारबाट आर्जित रकमलाई पेवेल नामको डिजिटल वालेटको बैंक खातामा जम्मा गर्न लगाएर राष्ट्रबैंक ऐन विपरित काम गरेको जनाएको छ । 

पक्राउ परेका आरोपीहरुले त्यसरी १७ अर्ब ८६ करोडको कारोवार गरेका छन् । मोरङका वीरेन्द्रप्रसाद साह एकै जनाले २ अर्ब ८२ करोडको कारोवार गरेका छन् । 

अवैध रकमबाट आर्जित पैसालाई पेवेलको बैंक खातामा हाल्न लगाउने र त्यही पैसालाई मनीट्रान्सफर कम्पनीहरुले डिजिटल रकम बनाएर बैंकमा पठाउने गरेका थिए । 

सोही रकमलाई विदेशबाट आएको देखाउने गरेको सिआइबीका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनु भयो । राष्ट्रबैंक ऐनअनुसार नेपालभित्र रेमिट्यान्स कारोवार गर्न पाइँदैन तर पक्राउ परेकाहरुले कमिसन लिएर कर छली गरेको उपरीक्षक शाहीले बताउनु भयो ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।