आजका मुख्य समाचार,
* वैशाखका १३ दिनमै देशभर १५० भन्दा बढी प्रदर्शन/ शिक्षकहरु २७ दिनदेखि सडकमा/ विद्यालय फर्काउने वातावरण नबनेपछि सरकारले पठायो सर्वोच्चलाई जवाफ ।
* पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन लेखा समितिमा / गौतमबुद्ध विमानस्थलमा पनि चाहिनेभन्दा बढी जग्गा अधिग्रहण भएको उपसमितिको आशंका ।
* नौ महिनामै ३ अर्ब ५७ करोडको चिया निर्यात/ आन्तरिक खपत पनि बढ्दै/ थप निर्यात गर्न प्रयोगशाला स्तरोन्नति र उत्पादन बढाउने नीति लिन व्यवसायीको माग ।
* रुसी राष्ट्रपति पुटिनद्वारा मे ८ देखि लागू हुने गरी युक्रेनमा ३ दिने युद्धविरामको घोषणा / विनासर्त शान्ति वार्ताका लागि रुस तयार ।
* इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा जारी/ प्लेअफको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा राजस्थान ।