मुक्त हलियाहरुको गुनासो- मुक्तिको १६ वर्ष पनि जीवन उस्तै

वैशाख १५, २०८२ |जिल्ला ब्युरो
मुक्त हलियाहरुको गुनासो- मुक्तिको १६ वर्ष पनि जीवन उस्तै

जिल्ला ब्यूरो । हलियाहरुले मुक्ति पाएको १६ वर्ष पुग्नै लाग्यो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको १६ हजारभन्दा बढी हलियाले स्वतन्त्रता पाए पनि सामाजिक र आर्थिक अवस्थामा भने सुधार हुन सकेको छैन । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो । उचित व्यवस्थापन नहुँदा कष्टकर जीवन जिउन बाध्य भएको डडेलधुराका मुक्त हलियाको गुनासो छ ।