अछाम । अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति आगलागी हुँदा २७ घर टहरा जलेर नष्ट भएको छ ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। राति करिब ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका १५ टिनले बनेको घर, १० ढुंगा माटो र २ पक्की घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
मङ्गलसेन नगरपालिकाको दमकल सहित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले झण्डै पाँचघण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ७ करोड ५४ लाखको क्षति भएको प्रारम्भिक अनुमान छ ।
यसैगरी प्रदेश सरकारले पीडितहरूका लागि तत्काल ५० लाख राहत रकम दिने निर्णय गरेको छ । यता बान्निगडी जयगढ गाउँपालिकामा समेत सर्वपक्षीय बैठक बसिरहेको छ ।
याे पनि: