सिरहाकी आनन्दीदेवीको मृत्यु प्रकरणका आरोपित अझै पक्राउ परेनन्, मानवअधिकार आयोग भन्छ- ‘चिन्ताजनक’

वैशाख ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिरहाकी आनन्दीदेवीको मृत्यु प्रकरणका आरोपित अझै पक्राउ परेनन्, मानवअधिकार आयोग भन्छ- ‘चिन्ताजनक’

काठमाडौं । सिरहा र सप्तरीमा भएको महिला हिंसा तथा यौन दुर्व्यवहार घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउन नसकेको भन्दै मानव अधिकारकर्मीहरूले गम्भीर चासो व्यक्त गरेका छन् । जबर्जस्ती करणी र भेदभाव जस्ता मानव अधिकारसँग जोडिएका घटनामा राज्य संवेदनशील हुन नसकेको उनीहरूको गुनासो छ ।

राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका निमित्त प्रमुख कुमारी शर्ना उराब र राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहन अन्सारीले कान्तिपुर समचारसँग कुरा गर्दै प्रशासनकै कमजोरीका कारण पीडितले थप पीडा पाइरहेको भन्दै प्रहरी प्रशासनको आलोचना गर्नुभयो ।

सिरहा र सप्तरीमा भएका घटनामा अहिलेसम्म प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको छैन । सिरहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार मृत भेटिएकी थिइन् भने सप्तरीमा पनि जबर्जस्ती करणीमा परेकी महिलाको हत्याको आशंका छ । जसका कारण पीडित परिवार थप प्रताडित हुनु परेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.