लेदो सहितको पहिरोले अवरुद्ध भएको राजमार्ग सञ्चालनमा

वैशाख ४, २०८२ |पुजन धिताल
लेदो सहितको पहिरोले अवरुद्ध भएको राजमार्ग सञ्चालनमा

काभ्रे । अविरल वर्षापछि खसेको लेदो सहितको पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । साँझ ९ बजेबाट पूर्ण रूपमा राजमार्ग सञ्चालनमा आएको हो ।

पाँचखाल नगरपालिका–८ स्थित ५० किलो, ५१ किलो, ५२ र ५३ किलोमा लेदो सहितको पहिरो आएर अवरुद्ध भएको सडक सञ्चालन भएको पाँचखाल नगरपालिका वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले जानकारी गराउनु भयो ।

“माथिबाट आएको लेदो सहितको पहिरोका कारण चार ठाउँमा अवरुद्ध भएको थियो, सडक विभाग र नगरको जेसीबी प्रयोग गरी सडक खुलाएका छौं”, अध्यक्ष तामाङले जानकारी गराउनु भयो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।