अछामको जयगढ बजारमा आगलागी, २७ घर टहरा जलेर नष्ट

चैत्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
अछामको जयगढ बजारमा आगलागी, २७ घर टहरा जलेर नष्ट

अछाम । अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराती आगलागी हुँदा २७ घर टहरा जलेर नष्ट भएको छ ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा रहेको सिलिण्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। 

राति करिब ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका १५ टिनले बनेको घर, १० ढुंगा माटो र २ पक्की घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । 

मङ्गलसेन नगरपालिकाको दमकल सहित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले झण्डै पाँचघण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षतिको विवरण संकलन भईरहेको जिल्ला प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.