बाजुरा । हुम्लाको कालिका केन्द्रबिन्दु बनाएर बुधबार बेलुकी ७ बजेर ४४ मिनेटमा भूकम्प गएको छ । ४.४ म्याग्नेच्युडको भूकम्पको धक्का बाजुरामा पनि महसुस भएको छ ।
आज साँझ गएको भूकम्पको धक्का जिल्लाको पूर्वी तथा उत्तरी भेगका चार पालिकामा महसुस भएको स्थानीय पत्रकार शर्मिला रोकायाले बताउनुभएको छ । भूकम्प आएपछि स्थानीयहरूको भागाभाग भएको थियो ।
भूकम्पको झट्काले स्थानीयहरू त्रसित बनेको पत्रकार रोकायाले बताउनुभयो ।