त्रिवि उपकुलपति बरालद्वारा पदबाट राजीनामा

चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिवि उपकुलपति बरालद्वारा पदबाट राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले पदबाट राजीनामा दिनुभएको छ । बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र बुझाउनुभएको हो ।

सरकार र विश्वविद्यालयका करार, आंशिक शिक्षक, कर्मचारी लगाएको दबाब थेग्न नसकेपछि राजीनामा दिएको स्रोतको दाबी छ ।

त्यसो त उपकुलपति बरालले विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रधानमन्त्रीले अवरोध गरेदेखि नै काम गर्नै नदिएको भन्दै राजीनामाको मनस्थिति बनाउँदै आउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.