अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

चैत्र १३, २०८१ |रुद्रमणि भुसाल
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो । लु२ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । 

मृतकमध्ये तीन महिला र एक पुरुष रहेका छन् ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।