बाँके । बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ । बाँकेको बेतहनीमा आइतबार अपराह्न साढे ३ बजेतिर भे१ख ४१०७ नम्बरको ट्यांकरको ठक्करबाट विद्यालयबाट फर्किरहेका दाजुभाइ विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।
ठक्कर दिने ट्यांकरमा स्थानीयले आगजनी गरेका छन् । अहिले बेतहनी क्षेत्र तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ ।