आईपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा

चैत्र ७, २०८१ |खेल ब्युरो
आईपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा

काठमाडौं । १८ औं संस्करणको इन्डियन प्रिमियर लिग- आईपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुने भएको छ । आईपीएल नेपाली टेलिभिजनमा पहिलो पटक आधिकारिक रूपमा प्रसारण हुन लागेको हो । 

कान्तिपुर म्याक्सले नेपाली भाषामै नेपालका क्रिकेट विश्लेषकसहित पूरै सिजनको प्री र पोस्ट म्याच एनालिसिस पनि गर्नेछ । १८ औं संस्करणको आईपीएल शनिबारदेखि सुरु हुनेछ । 

लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेंग्लोर प्रतिस्पर्धा गर्ने छन् । १० टोलीको सहभागिता रहने प्रतियोगितामा फाइनलसहित कुल ७४ खेल हुनेछन् । प्रतियोगिताको उद्घाटन र फाइनल खेल इडेन गार्डेन कोलकातामा खेलिने छ । 

प्रतियोगिता ६४ दिनसम्म सञ्चालन हुने छ । राउन्ड रोबिनका खेलहरू मे १८ सम्म चल्ने छन् भने पहिलो क्वालिफायर्स मे २०, इलिमिनेटर मे २२ र दोस्रो क्वालीफायर्स मे २३ मा खेलिनेछन् । फाइनल खेल मे २५ मा हुनेछ । प्रतियोगिताका विजेताले २.३२ मिलियन र उपविजेताले १.५ मिलियन अमेरिकी डलर पुरस्कार पाउने् छन् ।