प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

चैत्र ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले थापालाई आईजीपी नियुक्त गरेको हो ।

सोमबारबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अवकाश पाउने भएसँगै सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो । प्रहरी महानिरीक्षकका लागि थापासँगै एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

थापा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुनुहुन्थ्यो । थापा २०५२ साल भदौ १९ गते प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement