काठमाडौं । मैत्रीपूर्ण खेल र एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। प्रशिक्षक म्याट रसले आज नेपाली टिमको घोषणा गरेका हुन् ।
युवा खेलाडी सुवास बमले नेपालको राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका छन् । उनी एन्फा अन्डर एटिन लिगका सर्वाधिक गोलकर्ता थिए । त्यसैगरी फरवार्डमा जिलेस्पीजंग कार्की र अन्जन विष्टले निरन्तरता पाउँदा रेजिन सुब्बा पनि टिममा छानिएका छन् । एन्फाले किरण चेम्जोङको कप्तानीमा रहेको २३ सदस्यीय टोलीको गोलकिपरमा दीप कार्की र एन्जल श्रेष्ठ रहेको जानकारी दिएको छ ।
नेपाली राष्ट्रिय टिमको डिफेन्डरहरूमा अनन्त तामाङ, विमल पाण्डे, सनिष श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू र सुमन श्रेष्ठ छन् ।
नेपाली टिमको मिडफिल्डरको जिम्मेवारीमा रोहित चन्द, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट रहने छ्न् । त्यसैगरी यो पोजिसनमा मनीष डाँगी, कृतिषरत्न छुँजू र आयुष घलान समेत छन् ।
नेपालले यही चैत ८ गते सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने एसियन कप छनोटमा चैत १२ गते मलेसियासँग खेल्ने तालिका छ। यी दुई खेल क्रमशः सिंगापुर र मलेसियामा नै हुनेछन् ।