धनुषा । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नाम राख्ने विषयमा दुई पक्षबीच झडप हुँदा नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जना युवक घाइते भएका छन् ।
घाइते हुनेमा शहीदनगर- १ बस्ने २० वर्षीय सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
भठिहनस्थित चोकमा एक पक्षले ‘यादव चोक’ लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेको थियो । यसपछि तनाव उत्पन्न भएको हो ।