सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर दैलेखमा दुई जनाको मृत्यु

चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर दैलेखमा दुई जनाको मृत्यु

दैलेख । दैलेखको भैरबी गाउँपालिका वडा नं. ५ मा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ ।

भैरबी गाउँपालिकाको डोक्रामा रहेको सियाला सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको हो ।

आमाको वार्षिकीका लागि दाउरा लिन रुख काट्न गएका ४९ वर्षका तर्कबहादुर शाही र २७ वर्षका ईन्द्रबहादुर शाहीको सल्लाको रुख ढाल्दा रुखले च्यापिएर घटना स्थलमै मृत्यु भएको स्थानीय शिक्षक देबिराम आचार्यले जानकारी दिनुभयो ।

रुखले च्यापिएर दुई जनाको मृत्यु भएको खबर आएपछि प्रहरी टोली घट्ना स्थलमा पुगको थियो । घट्ना घटेको स्थलमा प्रहरीले अनुसन्धान गरी शवलाई अहिले पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement