सुख्खा पहिरो खसेर अवरुद्ध खाँदबारी-किमाथांका सडक खुल्यो

फाल्गुन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुख्खा पहिरो खसेर अवरुद्ध खाँदबारी-किमाथांका सडक खुल्यो

संखुवासभा । खाँदबारी किमाथांका सडक २ दिन पछि खुलेको छ । कोशी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथांका सडक खण्डको भोटखोलामा सुख्खा पहिरो खसेपछि सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

भोटखोला गाउँपालिकाको हटिया र हुङगुङ बीचको पहिरो पन्छाएपछि बुधबारबाट सडक सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खण्डमा १५ मिटर माथिबाट ठूलाठूला ढुङ्गासहित सुख्खा पहिरो खसेको थियो ।

यो सडक छिमेकी देश चीन-भारत जोड्ने सबैभन्दा छोटो सडक हो । राष्ट्रिय गौरवको खाँदबारी– किमाथांका सडक आयोजनामा हालसम्म ५३ करोड बढी खर्च भइसकेको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement