गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा जानेहरूलाई सरकारले मान्यता दिनु हुँदैन : सांसद कोइराला

फाल्गुन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा जानेहरूलाई सरकारले मान्यता दिनु हुँदैन : सांसद कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरूलाई सरकारले कानुनी मान्यता दिन नहुने बताउनुभएको छ । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीहरूलाई समेत आवश्यक कारबाही गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले भिजिट भिसाको नाममा नेपालबाट इलिगल रूपमा पठाउने कामहरू समेत भइरहेका छन् । त्यसरी गएकाहरूलाई पनि सरकारले लिगल लाइसेन्स दिन लागेको कि भन्ने मेरो चासो हो । त्यो लिगल लाइसेन्स चाहिँ दिनु हुँदैन । यसरी भिजिट भिसाको नाममा इलिगल बाटोबाट पठाउने वैदेशिक रोजगार कम्पनीहरूलाई कारबाही पनि गरिनुपर्छ ।”

तत्कालीन कांग्रेसको सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सहजताका लागि भन्दै फ्रि भिसा फ्रि टिकेटको व्यवस्था गरेको भए पनि अहिले कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ । उहाँले सरकारले वैदेशिक रोजगारीको नाममा गैरकानुनी रूपमा गएकाहरूलाई कानुनी मान्यता दिए वैदेशिक अपराध बढ्ने भन्दै त्यस्तो गर्न नहुने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement