काठमाडौं । केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याइँदै छ ।
केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज बिहान ७ बजे गोरखपुरका लागी उडेको भुवनेश्वर पुगेका कन्सुलर संजिव शर्माले बताउनुभयो ।
शवलाई भारतीयप्रहरीले बोडरसम्म पुर्याउने उहाँले जानकारी दिनुभयो । हिजो विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेका ५ जना विश्वविद्यालयका पदाधिकारी धरौटिमा रिहा भएका छन् । चौतर्फी विरोध र दबाबपछि माफी मागेपनि उनिहरू घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
यसअघी विश्वविद्यालयले विद्यार्थीलाई फर्कन आह्वान गरेपनि नेपाली विद्यार्थीहरू छात्राबासमा फर्कन त्रासमा छन् । हालसम्म १ सय १२ जना विद्यार्थी होस्टेल फर्किएको कन्सुलर संजिव शर्माले जानकारी दिनुभयो ।
चौथो वर्षमा अध्ययनरत रहेका विद्यार्थी जब ईन्टरभ्यू भएका कारण फर्किएको तर पहिलो दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी विश्वविद्यालयमा फर्कन सकेका छैनन् ।