डोल्पामा घोडा दौड र भेडा जुधाइ गरेर मनाइयो प्रजातन्त्र दिवस

फाल्गुन ८, २०८१ |सरोज थापा
डोल्पामा घोडा दौड र भेडा जुधाइ गरेर मनाइयो प्रजातन्त्र दिवस

डोल्पा । डोल्पामा ७५ औं प्रजातन्त्र दिवस घोडा दौड लगायत विविध कार्यक्रम गरी मनाईएको छ । फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको हो ।

६ गते भलिबल, ब्याडमिन्टन, लोक दोहोरी, अन्तर विद्यालय हाजिरी जवाफ, डोरी तानातान सहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । फागुन ७ गते जनप्रतिनिधि र कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल र भेडा जुधाइ आयोजना गरिएको थियो ।

फागुन ८ गते बिहीबार भने घोडा दौड गरी कार्यक्रम सम्पन्न गरियो । घोडा दौडमा प्रथम स्थान आउने ठूलीभेरी-४ तिप्लाका हिर बुढा र घोडालाई नगद रु ३५ हजार, प्रमाणपत्र, दोस्रो स्थान आउने ठूलीभेरी-४ तिप्लाका देवप्रसाद बुढा र घोडालाई नगद २५ हजार र प्रमाणपत्र तथा तेस्रो स्थान आएका त्रिपुरासुन्दरी नगरपालिका-११ का इरक बुढा र घोडालाई नगद १५ हजार, प्रमाणपत्र प्रदान गरियो ।

६ गतेदेखि सुरू गरिएको कार्यक्रम ८ गते प्रमाणपत्र पुरस्कार प्रदान गरी समापन गरिएको जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले बताउनुभयो ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement