आज ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

फाल्गुन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज देशभर ७५औँ प्रजातन्त्र दिवस मनाइँदै छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । 

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो राणा शासन अन्त्य भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राणाहरूको वंशीयतन्त्र नभई प्रजाहरूकै तन्त्रमा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा प्रजातन्त्र आएको थियो ।

जनताले गरेको आन्दोलनलाई तत्कालीन राजा त्रिभुवनले पनि साथ दिएपछि मुलुकमा प्रजातन्त्र बहाली सम्भव भएको थियो । आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस, तत्कालीन राजा त्रिभुवन र राणाबीच सहमति भएपछि जहानियाँ राणा शासनको अन्त्य भएको थियो । 

हालसम्म भएका सबै राजनीतिक परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र भएकाले यसलाई विशेष दिवस मनाउने गरिएको छ । 

प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ पदाधिकारीको सहभागीतामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement