खानेपानी मन्त्रालयमै छैन आगो निभाउन आवश्यक पानीको स्रोत

माघ २६, २०८१ |विकास आचार्य
खानेपानी मन्त्रालयमै छैन आगो निभाउन आवश्यक पानीको स्रोत

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार । मुलुककै सबैभन्दा संवेदनशील क्षेत्र । यस्तो स्थानमा लागेको आगो नियन्त्रणमा लिन २ घण्टा लाग्यो भन्दा तपाईं पत्याउनुहुन्छ ? 

हो, सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मन्त्रीकै कार्यकक्षमा लागेको आगो निभाउन २ घण्टा लाग्यो, २ वटा कोठाका सामान पूर्ण रुपमा नष्ट भए । स्वयं खानेपानीमन्त्री प्रदीप यादव र कर्मचारीले केही दिनदेखि देखिइरहेको विद्युत चुहावटको समस्याप्रति बेवास्ता गर्दा यो दुर्घटना निम्तियो । 

यो घटनाले सिंहदरबार परिसरमै आगो लाग्दासमेत नियन्त्रणका लागि सामान्य पूर्वाधार र पूर्वतयारीसमेत नभएको देखिएको छ । झन् राजधानीकै कुनै कुना या देशका अन्य दुर्गम भेगको विपद् व्यवस्थापन र पूर्वतयारीको अवस्था कस्तो होला ? 

यो पनि हेर्नुहोसः

खानेपानी मन्त्रालयमा भएको आगलागीको क्षति मूल्यांकन गर्न ३ सदस्यीय समिति गठन

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस :


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement