पाल्पा । पाल्पामा बुधबार एक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिपर चालक रूपन्देहीको देवदह नगरपालिका–२ बस्ने ३१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाको माथागढी गाउँपालिका–७, रहवासबाट रूपन्देहीको देवदह खैरेनीतर्फ चुनढुंगा लिएर गएको लु२ख ५९६५ नम्बरको टिपर माथागढी–५, को सुर्कावासस्थित भित्री सडकमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटना भएको टिपर सडकदेखि २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।