चितवन । पूर्व गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने अहिले बयानका लागि चितवन जिल्ला अदालत उपस्थित हुनुभएको छ ।
गए राति काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आइपुग्नुभएका लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगीको अभियोग लागेका लामिछानेसँग आज जिल्ला अदालत चितवनले बयान लिनेछ । बयानपछि दुई पक्षको बहस हुनेछ र थुनछेक आदेश आउने छ ।
जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जना विरुद्ध पूरक मुद्दा दायर गरेको थियो ।