काभ्रे । धुलिखेल नगरपालिका वडा ९ काभ्रेभञ्जयाङमा सञ्चालित एक काठ उद्योगमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लामो सयमदेखि फर्निचरमै बस्दै आएका तोयानाथ दंगालकी श्रीमती ७० वर्षीया टीकादेवी दंगाल रहेको स्थानीयले बताएका छन् ।
काठ उद्योगसँगैको दुई घर पनि आगलागीबाट पूर्ण क्षति भएको छ भने अन्य दुई घरमा आंशिक क्षति भएको छ ।
धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकाको दुई वटा दमकल तथा स्थानीयहरू र नेपाली सेनाको सक्रियतामा आगोलाई चार घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगो धुलिखेल नगरपालिका वडा न ९ काभ्रेभञ्ज्याङ पुरानो बजारस्थित श्यामप्रसाद दाहालले सञ्चालन गर्दै आएको श्याम सुन्दर फर्निचर सेन्टरमा बिजुलीको लाइन शर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।