विद्युतीय व्यापार सम्बन्धी विधेयक उद्योग समितिबाट पारित

माघ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्युतीय व्यापार सम्बन्धी विधेयक उद्योग समितिबाट पारित

काठमाडौं । आइतबार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसहमतिले पारित गरेको छ ।

समितिले लामो समय विधेयकका विषयमा छलफल गरी अन्तिम ड्राफ्टको विषयमा उद्योग, कानून र सञ्चार मन्त्रालयसँगको छलफलपछि विधेयक पारित गरेको हो । विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा हुँदै छलफलका लागि समितिमा आएको थियो ।

समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सबैको सर्वसहमतिले विधेयक पास भएको घोषणा गर्नुभयो । उहाँले समितिबाट विधेयक पास भए पनि संसद्‌मा पेश गर्ने जिम्मेवारी बाँकी रहेको बताउनुभयो ।

विधेयकले मध्यस्थकर्ता, उत्पादक र बिक्रेतालाई व्यवसायीको रूपमा लिएको छ । विधेयकले अरूको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्था गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement