नेपालमा सञ्चालित परियोजना स्थगन गर्न यूएसएआईडीको पत्र

माघ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा सञ्चालित परियोजना स्थगन गर्न यूएसएआईडीको पत्र

काठमाडौं । अमेरिकाले ३ महिनाका लागि विदेशी अनुदान स्थगित गर्ने निर्णय गरेसँगै अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगन गर्न पत्र पठाएको छ । गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले यूएसएआईडीले पठाएको विदेशी सहायता स्थगन सम्बन्धी पत्र आज प्राप्त गरेको जानकारी दिनुभयो । 

पत्रमा ३ महिनाका लागि सबै कार्यक्रम रोक्न भनिएको छ । यसले नेपालमा अमेरिकी अनुदानका परियोजना सञ्चालन गरिरहेका झन्डै ४ सय संस्था प्रभावित हुने महासचिव सुवेदीले जानकारी दिनुभयो । यसबाट स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तनका कार्यक्रम प्रभावित हुनेछन् । 

यूएसएआईडीको पत्रमा तालिम, सामान किनमेल, समुदायका लागि सञ्चालित कार्यक्रम लगायत स्थगन गर्न भनिएको छ ।

राष्ट्रपतिमा डनल्ड ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरंग उत्पन्न भएको छ । अब ३ महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुंगो लगाउने छ । अमेरिकाले सन् २०२३ मा ७२ अर्ब डलर वैदेशिक अनुदानमा खर्च गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement