काभ्रे डढेलो : २० वर्गकिलोमिटर वन क्षेत्र सखाप, बस्ती आसपासको आगो भने निभाइयो

आज पनि आगो निभाउने प्रयास रहने
माघ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रे डढेलो : २० वर्गकिलोमिटर वन क्षेत्र सखाप, बस्ती आसपासको आगो भने निभाइयो

काभ्रे । काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमाना थामलेकको सामुदायिक वनमा लागेको वन डढेलो पूर्ण नियन्त्रणमा आउन नसके पनि बस्ती आसपासको आगो भने निभाइएको छ । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले हिजो दिउँसो हेलिकोप्टरबाट २४ पटक गरी २४ हजार लिटर पानी खन्याएको जानकारी दिनुभयो ।

यो प्रयासपछि बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्को लगायतका क्षेत्रमा आगो नियन्त्रण भएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताउनुभएको छ ।

बेथानचोकको २ नम्बर वडामा रहेको एक पार्कको पोखरीबाट हेलिकोप्टरले पानी उठाएर डढेलो लागेको क्षेत्रमा खन्याएको थियो । ठाउँठाउँमा लागेको आगो व्यक्तिगत पहलमा निभाउन सक्ने अवस्था नरहेको पनि सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

आज पनि सुरक्षाकर्मी तथा स्थानीयसँगको सहकार्यमा डढेलो नियन्त्रणमा लिने प्रयास जारी रहने उहाँले बताउनुभएको छ । मंगलबारदेखि लागेको डढेलोले महाभारत क्षेत्रको २० वर्गकिलोमिटर वन क्षेत्र सखाप भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement