चीनको डिङ्ग्री काउन्टीमा ५.६ रेक्टर स्केलको पराकम्पन, नेपालमा पनि महसुस

पुस २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीनको डिङ्ग्री काउन्टीमा ५.६ रेक्टर स्केलको पराकम्पन, नेपालमा पनि महसुस

काठमाडौं । काठमाडौं सहित देशका विभिन्न भू-भागमा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपालको खाँदबारी, धनकुटा, लोबुचे लगायतका क्षेत्रमा भूकम्पको महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो एक साता अघि चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको भूकम्पको पराकम्पन हो । 

सोमबार साँझ सोही स्थानमा ६.४२ मिनेटमा ५.६ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement