चेक बाउन्स कसुरमा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

माघ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
चेक बाउन्स कसुरमा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरी वृत्त महाराजगन्जमा मल्ल विरूद्ध जाहेरी परेको थियो । चेक अनादर गरेको आरोपमा उजुरी परेपछी प्रहरी परिसर भक्तपुरले मल्ललाई पक्राउ गरी प्रहरी वृत्त महाराजगन्जमा पठाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement