विपिन जोशीको रिहाइको विषय वार्ताको बिन्दुमा राख्ने कतारको आश्वासन

माघ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपिन जोशीको रिहाइको विषय वार्ताको बिन्दुमा राख्ने कतारको आश्वासन

काठमाडौं । कतारले विपिन जोशीको रिहाइको विषयलाई वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजिज अल खुलाइफीसँग आज गरेको टेलिफोन वार्ताको क्रममा खुलाइफीले कतारले जोशीको रिहाइको विषयलाई आफ्नो वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालसँगको सम्बन्धलाई उच्च मूल्यांकन गरेको बताउँदै खुलाइफीले युद्धविरामका लागि वार्ता चलिरहेको र युद्धविराम हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो । आज बिहान टेलिफोन वार्तामा नेपाली आप्रवासी कामदारलाई विशेष ध्यान दिँदै नेपाल–कतार सम्बन्धका विषयमा छलफल भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement