काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास-६ मा हुने भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने आज काठमाडौं जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन् । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।
काठमाडौं जिल्ला अदालतमा आजै लामिछानेको थुनछेक बहस हुने बताइएको छ ।
पूर्वगृहमन्त्री लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।
सम्बन्धित समाचार...
रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित