रवि लामिछानेलाई हिरासतमा पठाउन अदालतको आदेश

पुस २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेलाई हिरासतमा पठाउन अदालतको आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस हुन नसकेपछि रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउन अदालतले आदेश दिएको छ । 

जिल्ला अदालत काठमाडौंमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री लामिछानेको बयान लिइएको थियो । बयानपछि थुनछेक बहस हुन नसकेपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेश गर्नेगरी उनलाई प्रहरी हिरासतमा पठाउने आदेश गरेको हो ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइँदै छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement