काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई बलियो बनाउन सत्ता गठबन्धनका दलहरू आ-आफ्ना कमीकमजोरी सच्याएर अघि बढ्न सहमत भएका छन् । मधेश प्रदेश सभाको हिउँदे अधिवेशन सुरू भएसँगै एकअर्काप्रति अमर्यादित अभिव्यक्ति, दलगत प्रहार र व्यक्तिगत आक्षेप बढेपछि सत्ता साझेदार दलबीच कमीकमजोरी सच्याउने सहमति भएको हो ।
विकास निर्माणलाई गति दिन र पूँजीगत खर्च बढाउन ५० लाखभन्दा बढीका योजना प्रतिस्पर्धाबाट र सोभन्दा कमका योजना उपभोक्ता समिति मार्फत् काम गराउने सहमति समेत भएको छ ।
चालु आर्थिक वर्ष सुरू भएको ६ महिना बित्न लागे पनि पूँजीगत खर्च एक प्रतिशत पनि नकटेका कारण चौतर्फी आलोचना बढेपछि सत्ता साझेदार दलहरू नै एक-अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका थिए । त्यसपछि बसेको सत्ता साझेदार दलहरूको बैठकले कमजारी सच्याउने सहमति गरेको हो ।
मधेश प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह नेतृत्वको सरकारलाई एमाले, कांग्रेस र लोसपाको समर्थन छ ।